मानसिक तनावका कारण आत्महत्या

IMG-20240629-WA0057-copy-4

सिलगढी: मानसिक तनावका कारण एक वृद्धले आत्महत्या गरेका छन्। उनले घरभित्रै झुण्डिएर आत्महत्या गरेका हुन्। खोरीबारीको प्रसाद फार्ममा भएको घटनालाई लिएर क्षेत्रमा सनसनी मच्चिएको छ। ती वृद्ध लामो समयदेखि बिरामी रहेको बताइएको छ। शुक्रबार राति खाना खाएर सुतेपछि बिहान मृतककी श्रीमतीले वृद्धलाई घरभित्र झुण्डिएको देखिन्। मृत्यु हुनेको पहिचान जगदीश बर्मन (७२) रहेको छ। घटनाबारे स्थानीयले पुलिसलाई खबर गरे। खोरीबारीको पानीट्यांकी चौकीका पुलिस घटनास्थलमा पुगेर शव बरामद गरी पोष्टमार्टमका लागि उत्तर बंगाल मेडिकल कलेज तथा अस्पताल पठाइएको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement