आरजी कर मेडिकल कलेजका विद्यार्थीको रहस्यमय मृत्युको विरोधमा जलपाईगढी मेडिकल कलेजका जुनियर डाक्टरहरूद्वारा विरोध प्रदर्शन

IMG-20240810-WA0170

जलपाईगढी: आरजी कर मेडिकल कलेजका विद्यार्थीको रहस्यमय मृत्युको विरोधमा जलपाईगढी मेडिकल कलेजका जुनियर डाक्टरहरूले आज विरोध प्रदर्शन गरे। हिजो राति पनि जलपाईगढी मेडिकल कलेजका डाक्टर विद्यार्थीहरूले मैनबत्ती बालेर विरोध प्रदर्शनमा भाग लिएका थिएl कोलकाताको आरजी कर मेडिकल कलेज एण्ड अस्पतालमा दोस्रो वर्षकी छात्रा मौमिता देवनाथको रहस्यमय मृत्युले नर्थ मेडिकल कलेजका विद्यार्थीहरूलाई स्तब्ध बनाएको थियो। यस सन्दर्भमा, जलपाईगढी मेडिकल कलेज र अस्पतालका विद्यार्थी डाक्टरहरूले कलेजको होस्टल परिसरमा यस घटनाको विरुद्धमा कडा विरोध प्रदर्शन गरे। यो नृशंस घटनाको पछाडि जो कोही छन् उनीहरुलाई तुरुन्त कडा भन्दा कडा कारबाही होस् भन्ने माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement