भागोप्रमो घुम -जोरबंगलो समष्टिको बुथ स्तरीय सभा  

382271ce-da0f-4e0e-86db-d0282f7c30a2

दार्जिलिङ  : भागोप्रमो घुम -जोरबंगलो समष्टिको तत्वावधानमा तल्लो खासमहल ४ अन्तर्गत शाखाद्वारा खासमहल सार्वजनिक भवनमा सभा सम्पन्न भएको छ। विशेष रुपमा समष्टि सभापति दोर्जे डुक्पा,नारी शक्ति अध्यक्षा निता थापा,वार्ड नम्बर ३ का नगरपार्षदिका पेमा छोडेन, युवा शक्ति अध्यक्ष जीवन खवास, सचिव राहुल तामाङ्ग साथै उप सभापति अमित यल्मो एंव रिञ्छेन लामा,लक्ष्मण सुब्बाको  विशेष उपस्थिति रहेको थियो। उक्त सभामा नै बुथ स्तरीय चुनाव को-अर्डिनेशन कमिटी गठन गरिएको छ जसमा अमृत यल्मो,भरत यल्मो,अरूणा बराईली,यम्जी लेप्चा,विमला पोर्तेल विशेष को-अर्डिनेटरको रूपमा चयन गरियो। सभाको निर्णयअनुसार शाखाको मतानुसार फिलहाल शाखा यसरी नै चलाउने मत प्रस्तुत गरिएको छ। त्यसरी नै समीर खाती,लाक्पा शेर्पा,प्रमोद तामाङ्ग,दोर्जे शेर्पा,सन्दिप लेप्चा,दावा पासाङ्ग शेर्पा,सिंगि शेर्पा,लाक्पा शेर्पा,अनुपा शेर्पा,नमित लेप्चा,प्रेरणा बराईली,पुनम शेर्पा,लमु शेर्पा,डोमा शेर्पा विकाश बराईली साथै कौरभ बराईलीको कमिटि गठन गरियो।

About Author

Advertisement