जंगली हात्तीले शिवखोलाको आईएनए मेमोरियल माध्यमिक विद्यालय भत्काउनुको साथै खाईदिए मिड डे मिलको चामल

IMG-20240810-WA0202

खरसाङ: तीनधारे महानदी समष्टिको शिवखोलामा अवस्थित आईएनए मेमोरियल माध्यमिक विद्यालय भवनलाई जंगली हात्तीले क्षतिग्रस्त बनाएको जानकारी प्राप्त भएको छ। आज बिहान लगभग २ बजेदेखि ४ बजेको समयमा जंगली हात्ती आएर विद्यालयको मूल गेट, भित्रपट्टिको गेट तोडेर भित्र पसेको बताइएको छ। यसको साथै भित्रपट्टि पसेर स्कूलको वाल पनि भत्काई दिएको छ। यसको साथै आईएनए स्कूलको नजिकमा रहेको प्राथमिक पाठशालाको भान्सा घर पनि तोड़फोड़ गरेर भित्र पसेर विद्यार्थीहरूको मिड डे मिलको चामल सबै खाई दिएको स्थानीयहरूलाई उद्धृत गर्दै प्रधान अध्यापिका रूथरानी राईले बताएकी छन्।

जंगली हात्तीले भत्काएको स्कूलको निरीक्षण गर्न स्कूलको सह शिक्षक डीपी प्रधान आएर जंगली हात्तीले क्षतिग्रस्त बनाएको स्कूल र क्षतिग्रस्त भएको नजिकको प्राथमिक पाठशाला विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आज बिहान २ बजेतिर जंगली हात्ती पसेर शिवखोलाको आईएनए मेमोरियल माध्यमिक विद्यालयको गेटहरू र वालहरू भत्काई दिएको छ भने छेवैमा रहेको प्राथमिक पाठशालाको भान्सा घर तोडेर विद्यार्थीहरूको राखिएको मिड डे मिलको चामल पनि सबै खाईदिएको बताएका छन्।

उनले विद्यालयको भत्काई दिएको बाहिरपट्टिको गेट र भित्रपट्टिको गेट पनि सम्बन्धित विभागले मरमत्तिको झट्टै पहल गरिदिएर मरमत्ति गरिदिने अनुरोध गरेका छन्। यो स्कूल भवन भएकोले जंगली हात्तीले भत्काएको स्कूलको झट्टै मरमत्ति गरिदिए राम्रो हुने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement