एनबीबीजीसीमा नयाँ अल्मुनी कार्यकारी समिति गठन

nar-bahadur-bhandari-degree-college-east-sikkim-nar-bahadur-bhandari-degree-college-1.jpg

गान्तोक: तादोङमा सञ्चालित नर बहादुर भण्डारी डिग्री कलेजको अल्मुनी नयाँ कार्यकारी समितिको गठन गरिएको छ। सोही कलेजका प्राचार्य डा. देबाब्रता पुरोहित र पूर्व महासिचव. शिव तिमिसिनाको उपस्थितिमा नयाँ कार्यकारी समितिको गठन गरिएको हो। कलेजको प्रेक्षागृहमा आयोजित यस कार्यक्रममा नयाँ समिति गठन गरिएको छ, जसमा अध्यक्षको पदमा धिरज प्रधानलाई मनोनित गरिएको छ भने यसै प्रकारले उपाध्यक्ष लता शर्मा, महासचिव राधा प्रधान, संयुक्त सचिव दिलीप दोङ लगायत अन्यहरूलाई पनि समितिमा सामेल गरिएको छ। यसै क्रममा राजेन उपाध्यालाई कलेजको शिक्षकवर्गको तर्फबाट प्रतिनिधिकोरूपमा मनोनित गरिएको जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement