५१५ औँ राजबारी मनसा पूजा तथा मेलाको तयारी शुरु

IMG-20240810-WA0141

जलपाईगढी: राजबाडी मनसा मेलाका लागि पसलहरु पनि सजाउन थालेका छन्। ५१५औँ राजबाडीको मनसा पूजा १७ अगस्तबाट शुरु हुँदैछ। पूजालाई केन्द्रमा राखेर राजबाडी चोकमा मेलाको तयारी तीव्र रुपमा शुरु भएको उल्लेख छl जलपाईगढी वैकुण्ठपुर राजबारीको अति प्राचीन मानसा पुजा यस वर्ष ५१५ औं वर्षमा प्रवेश गरेको छ। अहिले मन्दिरमा मनसादेवीको मूर्ति बनाउने काम लगभग अन्तिम चरणमा पुगेको छ। चित्रकलाको काम मात्र बाँकी छ।

यस वर्ष पनि मेला पूजाको दिनदेखि २२ अगस्तसम्म चल्नेछ। पूजा १७ अगस्तदेखि १९ अगस्तसम्म चल्नेछ। पूजाको दिनमा बिसहारी गीत गाउने यहाँको परम्परा पुरानो हो। उत्तर बंगालका विभिन्न भागबाट बिसहारी गीत समूहहरू यहाँ सामेल हुन्छन्। यस पुरानो र परम्परागत मेलामा बंगालका अलावा बिहार र असमबाट पनि धेरै मानिसहरु पसल थाल्न आउँछन्। पुरातन परम्पराअनुसार यहाँ लामो समयदेखि मनसा पूजा हुँदै आएको पुजारी शिबु घोषालले बताए। मेलाको तयारी शुरु भएको छ। टाढाटाढाबाट पसलहरु आउन थालेका छन्।

About Author

Advertisement