गान्तोक: गान्तोक नगरनिगमका उप-मेयर छिरिङ पाल्देन भोटियाको अध्यक्षतामा आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको डेभलोपमेण्ट क्षेत्रमा रहेको पार्टी कार्यालयमा बैठक सम्पन्न भयो। बैठकमा तीज उत्सव आयोजना सम्बन्धी विविध विषयबारे छलफल गरियो। आजको बैठकमा डेभलोपमेण्ट क्षेत्रका धेरै नारी कार्यकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सफल पार्न आफ्नो पक्षबाट सम्भवत सबै सहयोग पुऱ्याउने उप-मेयर छिरिङ पाल्देन भोटियाले वचन दिइन्।

सामूहिक पहलको अपेक्षा साँच्दै उनले तीज कार्यक्रममा धेरै संख्यामा नारीहरूको उपस्थिति रहनुपर्ने विचार पोखिन्। उनले तीज कार्यक्रममा सहभागिताको निम्ति सबैलाई आह्वान गरेकी छन्।