पेरिस ओलम्पिक २०२४:कुश्तीमा काँस्य पदक जिते अमन सहरावतले

IMG-20240810-WA0117

पेरिस: भारतीय पहलवान अमन सहरावतले पेरिस ओलम्पिक २०२४-मा पुरुषहरूका ५७ किग्रा वर्गमा काँस्य पदक जिते। काँस्य पदकको लड़ाइँमा उनले पुअर्तो रिकोका पहलवान डेरियन क्रूजलाई १३-५-ले पराजित गरे। अमनले पहिलो राउण्डमै ६-३-को बढ़त हासिल गरे। दोस्रो राउण्डमा अमनले यस बढ़तलाई अझ फराकिलो बनाए अनि क्रूजलाई कुनै मौका दिएनन्। यसरी अमनलाई जीत हासिल गर्न अधिक समस्या भएन। अमन पेरिस ओलम्पिकमा पदक जित्ने एकमात्र भारतीय पहलवान हुन्। उनले ओलम्पिकमा पदक जित्ने परम्परालाई पनि कायम राखे। भारतले २००८-को बेजिंग ओलम्पिकपछि प्रत्येक ओलम्पिकमा कुश्तीमा पदक जितेको छ। साल २००८-मा सुशिल कुमारले काँस्य, २०१२-मा सुशिलले रजत र योगेश्वर दत्तले काँस्य, २०१६-मा साक्षी मलिकले काँस्य, २०२०-को टोक्यो ओलम्पिकमा बजरंग पूनिया र रवि दहियाले रजत पदक जितेका थिए। अमनको यो पहिलो ओलम्पिक हो अनि उनले आफ्नो पदार्पणमै पदकको खाता खोले। उनको सफलताले विनेश फोगाट डिस्क्वालीफाई भएपछि निराशामा डुबेको भारतवासीलाई खुशीयाली मनाउने मौका दियो।
अमनले आफ्नो काँस्य पदक दिवंगत माता-पिता र पूरा देशलाई समर्पित गरे। उनले भने, मैले आफ्नो देशको निम्ति पदक जितेको धेरै समय भइसकेको थियो। मैले यसबारे केही गर्नु थियो। अब म २०२८-मा स्वर्ण पदक अवश्यै जित्न चाहनेछु अनि यो मो देशवासीलाई वाचा गर्छु। मेरो लक्ष्य त स्वर्ण थियो तर यसपाली काँस्य पदकमै चित्त बुझाउनु पऱ्यो। म सेमिफाइनलको हारलाई भुल्न चाहन्थे अनि अहिले काँस्य पदक जितेर खुशी छु। म यो पदक आफ्नो माता-पिता र सम्पूर्ण देशलाई समर्पित गर्न चाहन्छु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement