पदक जितेर सन्न्यास लिनको साथै नयाँ जिम्मेवारी पाए पीआर श्रीजेशले

IMG-20240809-WA0294

नयाँ दिल्ली: भारतीय हकी टीमको भित्ता मानिने गोलकीपर पीआर श्रीजेशले बिहीवार पेरिस ओलम्पिक २०२४-मा काँस्य पदक जितेर खेलबाट सन्न्यास लिए। अब उनले नयाँ भूमिकामा भारतीय हकीको सेवा गर्न जारी राख्नेछन्। वास्तवमा हकी इण्डियाले यस दिग्गज खेलाड़ीलाई शुक्रवार जूनियर पुरुष हकी टीमको मुख्य प्रशिक्षक नियुक्त गऱ्यो। अब उनी युवा खेलाड़ीहरूलाई भविष्यको चुनौतीहरूको निम्ति तयार गर्नेछन्। भारतले बिहीवार स्पेनलाई २-१-ले पराजित गरी काँस्य पदक जित्यो अनि त्यो श्रीजेशको अन्तिम अन्तर्राष्ट्रिय हकी म्याच थियो। उनी लामो समयदेखि भारतीय हकी टीमको महत्त्वपूर्ण सदस्य रहेका छन्। शुक्रवार प्रशंसकहरूले श्रीजेशलाई सन्न्यासको फसेला त्यागेर खेलमा फर्किने आग्रह गरेका थिए। यसबारे उनले भने, यो विदा लिने सही समय हो। ओलम्पिक खेलको साथ विदा लिनु सही तरिका हो, एउटा पदकको साथ। हामी खाली हात फर्किनेछैनौं अनि यो ठूलो कुरा हो। यसैकारण मेरो फसेला बद्लिने छैन। उल्लेखनीय छ, श्रीजेश टोक्यो ओलम्पिकमा काँस्य पदक जित्ने टीमको पनि हिस्सा थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement