सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको आयोजनमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मनजीत इलेभेनले सेमिफाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा शुक्रवार खेलिएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा मनजीत इलेभेनले सिलगढ़ी सिटी फूटबल क्लबलाई ४-३-ले पराजित गऱ्यो। विजेता टीमबाट चारैवटा गोल गणेश लिम्बुले गरे। उनले म्याचको २४औं, ४६औं, ५४औं र ५८औंं मिनटमा गोल गरे। यसरी सिलगढ़ी सिटी एफसी-बाट कुंगा भूटियाले ५७औं, अनमोल देवानले ७८औं र आदित्यले ८०औं मिनटमा गोल गरे। अब शनिवार खेलिने पहिलो सेमिफाइनल म्याचमा बेतगेड़ा फूटबल क्लब र मनजीत इलेभेनबीच भिड़न्त हुनेछ। यसरी आइतवार दोस्रो सेमिफाइनल म्याच सिलगढ़ी युनाइटेड फूटबल क्लब र मजुआ फूटबल क्लबबीच खेलिनेछ।

यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। म्याच दिउँसो ३:३० बजीदेखि शुरु हुनेछ।