सोरेङ: सोरेङमा जारी आमन्त्रण फूटबल प्रतियोगितामा जेभीसी सिङताम सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको पहिलो हाफ गोलरहित टुंगिएको म्याचमा खेलको ५५औं मिनटमा जेभीसी सिङतामका स्ट्राइकर क्रिस्टोफरले गोल गर्दै आफ्नो टोलीलाई अघि बढाए। निकै गर्मागर्मी रहेको खेलमा सोरेङ युनाइटेडका स्टार खेलाडी रोशन सुब्बाले ८५औं मिनटमा गोल गरि खेल बराबरीमा ल्याउँदै टोलीलाई प्रोत्साहित गरे। निर्धारित समयसम्मको खेल १-१ गोलमा समाप्त भयो। अतिरिक्त समयको खेलमा जेभीसी सिङतामका विवेक गुरुङले लगातार दुई गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए। खेलको अन्तिम क्षणमा सोरेङ युनाइटेडका कप्तान उत्तम राईले गोल गरेर गोलको अन्तर कम्ती गरे। अन्तत: जेभीसी सिङतामले सोरेङ युनाइटेडलाई रोमाञ्चक म्याचमा ३ को विरुद्ध ४ गोलले परास्त गरेर प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ। आज सम्पन्न भएको खेलमा उत्कृष्ट खेलाडीको रूपमा जेभीसी सिङतामका विवेक गुरुङलाई घोषित गरियो। उनलाई आयोजक समितिले पुरस्कार स्वरूप पाँच हजार रुपियाँ प्रदान गऱ्यो। खेलमा सबैभन्दा पहिलो गोल गर्ने सिङतामका खेलाडी क्रिस्टोफरलाई मुख्य अतिथिले उनको स्वादिलो गोलको निम्ति १५ हजार रुपियाँ व्यक्तिगत तर्फबाट प्रदान गरेका थिए।