हर्ली मेमोरियल कपःसेमिफाइनलमा पुग्न सफल भयो १०७ टीए

photocollage_202489193232666

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०७औं संस्करणमा १०७ टेरियोरियल आर्मी (टीए)-ले सेमिफाइनलमा स्थान बनायो। लेबोंग स्थित गोर्खा स्टेडियममा शुक्रवार खेलिएको तेस्रो क्वार्टर फाइनल म्याचमा गत सालको उपविजेता १०७ टीए-ले सासोनिअन फूटबल क्लबलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट इसाक लेप्चाले ३१औं, वांगदेन तामाङले ३२औं र प्रवीण सुब्बाले अन्तिम क्षण (९०+१औं मिनट)-मा गोल गरे। यसरी सासोनिअन एफसी-बाट करण सुब्बाले २४औं मिनटमा गोल गरे। टुर्नामेण्टमा जम्मा १७ वटा टीमलाई प्रवेश दिइएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ११ र १२ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement