आरजी कार मेडिकल कलेजका महिला डाक्टरको शव भेटियो

IMG-20240629-WA0057-copy-3

कोलकाता: आरजी कर मेडिकल कलेजबाट एक महिला डाक्टरको शव फेला परेको छ। प्रशिक्षार्थी डाक्टर बिहीबार राति ड्युटीमा थिइन्। शुक्रबार बिहान आकस्मिक भवनको चौथो तल्लामा रहेको सेमिनार हलबाट उनको शव रहस्यमय रुपमा भेटिएको थियो। कोलकाताका पुलिस आयुक्त विनीत गोयल घटनास्थल पुगे। फोरेन्सिक टोली पनि पुग्यो। स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत उनी बिहीबार राति ड्युटीमा गएकी बताइएको छ। पुलिस स्रोतका अनुसार बिहान अस्पतालका कर्मचारीले डाक्टरको शव फेला पारेका थिए। उनको शव रहस्यमय अवस्थामा फेला परेको थियो। चोटका निशानहरू रहेको सहकर्मीले बताएका छन्। यो आत्महत्याको घटना नभएको उनीहरुको बुझाइ छ। डाक्टरको शव पोष्टमार्टमका लागि पठाइएको छ। रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्नेछ। यसबारे अस्पतालका अधिकारीले प्रतिक्रिया दिन चाहेनन्। उनको मृत्यु कसरी भयो पोष्टमार्टम रिपोर्टले खुल्ने पुलिस स्रोतले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement