खरसाङमा भईरहेको स्वतन्त्रता दिवस फुटबल प्रतियोगितामा युनाईटेड घुम्ती र हिल फुटबल अकादमी सेमी फाइनलमा प्रवेस

photocollage_202489191355420

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र ७८ औं स्वतन्त्रता दिवस आयोजक समिति समारोह खरसाङको संयुक्त आयोजनामा खरसाङको भिक्टोरिया खेल मैदानमा भईरहेको स्वतन्त्रता दिवस नक आउट फुटबल टुर्नामेन्ट अन्तर्गत आज दुईवटा क्वाटर फाईनल खेलहरू सम्पन्न भएको छ। आज भएको पहिलो क्वाटर फाईनल खेलमा वाईजीएफसी खरसाङलाई पराजित गरेर युनाईटेड घुम्ती एफसी सेमी फाइनलमा प्रवेस गरेको छ। पहिलो हाफको खेलमा घुम्तीले बढत बनाएका थिए तर अनुभवी युजीएफसीके खेलाड़ीहरूले खेल बराबरीमा ल्याएका थिए। पहिलो हाफको खेलमा १-१ को बराबरीमा रहेको थियो। दोस्रो हाफको खेलमा पनि दुवै दलबाट २-२ गोल भएको थियो। तर अन्तिम समयमा युनाईटेड घुम्तीले पाएको पेनल्टीलाई गोलमा परिणत गर्दै खेल ३-२ को अन्तरले खेल जित्दै सेमी फाइनलमा प्रवेस गरेको छ। युनाईटेड घुम्ती एफसीको पक्षमा जर्सी नम्बर ९ अभिषेक प्रधान, जर्सी नम्बर ५ नितेस भुजेल र जर्सी नम्बर १० बिजय शंकरले एक एक गोल गरेका थिए भने युकेएफसीको पक्षबाट छोपेल तामाङले नै दुई गोल गरेका थिए।
आज भएको दोस्रो क्वाटर फाइनल खेलमा हिल फुटबल एकाडेमीले भिक्टोरिया स्कूललाई एकतर्फी खेलमा पराजित गर्दै सेमी फाइनलमा प्रवेस गरेको छ। अब शनिवार हुने तेस्रो क्वाटर फाईनल खेलमा पूर्व विजेता आईटीआई टुंग र सन्त अल्फन्सेस स्कूल अनि चौथो क्वाटर फाइनल खेल जेआर ३२ र युनाईटेड रोहिणीमाझ सम्पन्न हुने भएको जानकारी खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले जानकारी दिएका छन्। आज भएको दुईवटा क्वाटर फाईनल खेलहरू विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङले खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र स्वतन्त्रता दिवस आयोजक समारोह समिति खरसाङको संयुक्त आयोजनामा खरसाङको भिक्टोरिया खेल मैदानमा आज दुईवटा क्वाटर फाईनल खेलहरू सम्पन्न भएको बताएका छन्। उनले यस खेलमा युजीएफसी खरसाङलाई पराजित गर्दै युनाईटेड घुम्ती एफसी सेमी फाइनलमा प्रवेस गरेको अनि हिल फुटबल एकाडेमीले भिक्टोरिया स्कूललाई एकतर्फी खेलमा पराजित गर्दै सेमी फाइनलमा प्रवेस गरेको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement