कालेबुङ: कालेबुङ खण्ड एकको याङ माकुम ग्राम पञ्चायत अन्तर्गत पर्ने पन्बुमा अवस्थित प्रदीप भुजेलको घर प्रसाशनले भत्काएपछि भुजेलको पक्षमा गोजमुमो पार्टीले त्यसको विरोध जनाउँदै कालेबुङ टके जिल्लापाललाई ज्ञापन बुझाएको हो।स्मरण रहोस उक्त क्षेत्र कालेबुङ जिल्लाको ग्रामीण पर्यटन स्थलको रुप विकसित हुँदै गईरहेको छ। गोर्खा जनमुक्ति मोर्चाले प्रदीप भुजेलको घर जिल्ला प्रशासनले भत्काएको घटनामा घोर आपत्ति जनाउँदै कालेबुङ जिल्लापाललाई ज्ञापन बुझाएको छ। गोजमुमो केन्द्रीय समितिको प्रवक्ता अनिल लोप्चनले आज एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। उनले पत्रकारहरूलाई सम्बोधन गर्दै पन्बुमा प्रदीप भुजेलको घर भत्काएको विषयमा आज गोजमुमोको पक्षबाट कालेबुङ जिल्ला शासकलाई पत्रचार गरेको बताएका छन्। उनले प्रदीप भुजेलको घर भत्काएको घटनालाई गोजमुमोद्वारा विरोध जनाउँदछौं भनी बताएका छन्।