न्यू जलपाईगढी पुलिस थानाद्वारा फेरि गाई तस्करी विफल, ३ जना पक्राउ

photocollage_20248915570492

सिलगढी: न्यू जलपाईगढी पुलिसले फेरि एक पटक गाई तस्करीको ठूलो षड्यन्त्रलाई विफल बनाएको छ। केही समययता लगातार तस्कर पक्राउ परेका छन्, तर पुलिस प्रशासन जतिसुकै कडाइ गरे पनि तस्करले तस्करीबाट कत्ति पनि हार नमानेको देखाएको छ। यद्यपि पुलिस अझ सक्रिय बनेको छ। हरेक पटक पुलिसले गाई तस्करको योजनालाई असफल बनाउँदै आएको छ। गएराति फुलबारी नजिकैको अमैदिघी क्षेत्रबाट एउटा गाडी गाई तस्करी गर्न गएको गोप्य स्रोतबाट पुलिसलाई खबर प्राप्त भएको थियो। सूचना पाएलगत्तै पुलिसले सो क्षेत्रमा जाल राखेको छ। गाई तस्कर यस क्षेत्रमा पुगेपछि पुलिसले गाई तस्करीको आरोपमा पक्राउ गरेको छ। पुलिसले छापा मारेर ५ गाईसहित ३ जनालाई पक्राउ गरेको छ। गाई बिहारबाट असम लैजाने गरेको बताइएको छ। पक्राउ पर्नेमा मुक्तार अलि, रिजवान करीम र मोहम्मद समर रहेका छन्। पुलिसले पक्राउ परेका अभियुक्तलाई जलपाईगढी अदालतमा पेश गरेको छ। पक्राउ परेका अभियुक्तलाई थप अनुसन्धान गर्न ५ दिनको म्याद थप गरी अनुसन्धान गरिने पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement