भारत–बंगलादेश सीमामा निगरानी बढ्दै

IMG-20240809-WA0187

जलपाईगढी: पछिल्लो समय भारतको छिमेकी बंगलादेशमा लगातार हिंसा भइरहँदा ठूलो संख्यामा बंगलादेशीहरू भारत प्रवेश गर्न खोजिरहेका छन्। यसैलाई ध्यानमा राख्दै भारत सरकारले सीमामा रेड अलर्ट घोषणा गरेको छ। घुसपैठ रोक्न बीएसएफका जवानहरू दिनरात सीमामा निगरानी गरिरहेका छन्। सीमामा बढ्दो निगरानीका कारण जीविकोपार्जनका साधन बन्द भएकाले सीमा क्षेत्रमा बसोबास गर्ने जनतालाई निकै समस्या परेको छ। वास्तवमा, भारत र बंगलादेश बीचको सम्झौता अनुसार नो म्यान ल्यान्डमा धेरै जमिन छ, अर्थात् बंगलादेशमा भारतको जमिन छ, जहाँ भारतमा बसोबास गर्नेहरू खेतीपाती गर्छन् र त्यहीबाट आफ्नो जीविकोपार्जन गर्छन्l तर क्रमशः सीमामा निगरानी बढाउनुको कारण अहिले बीएसएफका जवानहरूले खेतीपाती बन्द गरेकाले उनीहरुको अगाडि जीविकोपार्जनको ठूलो संकट खडा भएको छ।

भारत र बंगलादेशबीच काँडेतारको सिमाना छ तर भारत सरकारको त्यो देशमा करिब १५०० बिघा जमिन छ। जलपाईगढीको माणिकगञ्ज नजिकैको सातकुरा (दक्षिण बेरुबारी) क्षेत्रका मानिसहरूले त्यो जमिनमा चिया, धान र अन्य धेरै तरकारी खेती गरेर पैसा कमाउने गर्थे। बंगलादेशको समस्याग्रस्त अवस्था विस्तारै सामान्य हुँदै गए पनि किसानहरु काँडेतार पार गरेर त्यो देश पुग्न सकेका छैनन्। यसबाट जग्गा मर्मत र खेती पनि ठप्प भएको छ। एकातिर चियाबारी दिनदिनै सरसफाइ हुनसकेको छैनl अर्कातिर धान रोपाइँको पनि हेरचाह हुननसकेको र मरम्मतसम्भार नहुँदा जमिनमा लगाएको बाली पनि नष्ट हुन थालेको छ। जीविकोपार्जन गुम्दा सीमावर्ती गाउँका किसान समस्यामा परेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement