रिद्धिमान साहा घरेलु क्रिकेटको निम्ति बंगाल टीममा फर्किने

IMG-20240808-WA0273

नयाँ दिल्ली: अनुभवी विकेटकीपर-ब्याटर रिद्धिमान साहालाई गत दुई सीजनदेखि त्रिपुराको टीममा कप्तान र मेण्टरको भूमिकामा देखिएपछि अब घरेलु क्रिकेट सीजनमा फेरि आफ्नो राज्य पश्चिम बंगालबाट खेलिरहेको देखिनेछ। यसरी नै वसीम जाफर पञ्जाब टीमको प्रशिक्षक बन्न सक्छन्। त्रिपुराले आउँदो सीजनको निम्ति आफ्नो टीममा मनदीप सिंहलाई सामेल गरेको छ, जसको कप्तानीमा पञ्जाबले २०२३-२४-मा सैयद मुश्ताक अली ट्रफी जितेको थियो। भारतीय टीमका पूर्व कप्तान सौरभ गांगुलीसँग कुराकानीपछि साहा र सुदीप च्याटर्जीले बंगालमा फर्किने फसेला गरे। यसअघि क्रिकेट एसोसिएशन अव् बंगाल (सीएबी) – का एकजना सीनियर अधिकारीसँग विवादपछि साहाले बंगालको टीम छोड़्ने फसेला गरेका थिए। साहाले भारतको निम्ति ४० वटा टेस्ट म्याच खेलिसकेका छन्। यसबीच पूर्व भारतीय क्रिकेटर वसीम जाफर पञ्जाबको मुख्य प्रशिक्षक बन्न सक्छन्। उनले यस पदमा मुम्बईका पूर्व पेस बलर आविष्कार साल्वीको स्थान लिनेछन्। साल्वी अहिले भारतीय महिला टीमको बलिंग प्रशिक्षक बनेका छन्। यसैकारण उनले पञ्जाब टीममा पद छोड़ेका छन्।

About Author

Advertisement