सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको आयोजनमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ी युनाइटेड फूटबल क्लबले सेमिफाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा बिहीवार खेलिएको तेस्रो क्वार्टर फाइनल म्याचमा सिलगढ़ी युनाइटेड फूटबल क्लबले ३/९ गोर्खा राइफल्सलाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। शुक्रवार खेलिने चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा सिलगढ़ी सिटी फूटबल क्लब र मनजीत इलेभेनबीच भिड़न्त हुनेछ। यस प्रतिष्ठित टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल क्रमशः १० र ११ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। प्रत्येक म्याच दिउँसो ३:३० बजीदेखि शुरु हुनेछ।