सिलिमहिलमा भागोप्रमो तीनधारे महानदी समष्टिको चुनाव को-अर्डिनेशन कमिटीको सभा  

dade5ca1-a4dd-4091-a646-5fa0dc045628

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिलिम हिल चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनाव को-अर्डिनेशन कमिटीको सभा सम्पन्न भएको छ। उक्त सभा सिलिम हिल बुथ कमिटीको सभापति सम्पल राईको अध्यक्षता र हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको जोनल कमिटीको सभापति गणु छेत्रीको सञ्चालनमा सम्पन्न भयो। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको कार्यकारी सभापति सीबी राई, युवा शक्ति तीनधारे महानदी समष्टिको सचिव सञ्जीव मंगर र भागोप्रमो तीनधारे महानदी समष्टिको चुनाव को-अर्डिनेशन कमिटीको को-अर्डिनेटर नवराज छेत्री आदिले वक्तव्य दिएका थिए। सभामा सिलिमहिल क्षेत्रका जम्मा चारवटा समाजका सभापति-सचिव, फुटबल खेलाड़ी र सामाजिक कार्यकर्ताहरू पनि सम्मान गरिएको छ। यसै सभामा सिलिम हिल बुथ स्तरीय चुनाव को-अर्डिनेशन कमिटी पनि गठन गरिएको छ ।

उक्त बुथ स्तरीय चुनाव को-अर्डिनेशन कमिटीमा को-अर्डिनेटरको रुपमा सम्पल राईलाई चयन गरिएको छ भने सह को-अर्डिनेटरमा होमराज तामाङ, प्रताप परियार, निर्मल तामाङ, बसन्त तामाङ र पेम्बा तामाङ आदिलाई चयन गरिएको छ। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको साङ्गठनिक सचिव राजीव थापा, महकुमा सदस्य टङ्क शर्मा, तीनधारे महानदी समष्टिको उपाध्यक्ष राजु लामा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई लगायत अन्यहरू पनि उपस्थित रहेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै सिलिम बुथ कमिटीको सभापति सम्पल राईले विस्तृत रुपमा जानकारी गराएका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement