नाम्ची: नाम्ची जिल्ला अन्तर्गत बिकमत-खाेरलाेङकाे कला साहित्य संस्थानले साहित्यकार स्वर्गीय दावा बास्सिभ भाेटिया ‘झिल्के’-काे परिवारलाई भेटेर श्रद्धाञ्जजलि पत्र अर्पण गऱ्यो।
साहित्यकार भाेटियाले नेपाली भाषामा रस्म रेखा र छिटा-बाछिटा नामक दुईवटा कविता संग्रह प्रकाशित गरेका छन् भने हिन्दी भाषामा शबनम र कुछ बुँदे शबनमकी नामक दुईवटा कविता संग्रह प्रकाशित गरेका छन्।
चित्रकलामा पनि उनले रुचि राखेकाे पाइन्छ। उनले भारतीय सिनेमा पनि धेरै वर्ष सेवा पुऱ्याएका थिए। उनकाे निधन गत ६ अगस्तमा भएकाे थियाे। यस अवसरमा साे संस्थानकाे पक्षबाट अध्यक्ष गाेकुल राई, उपाध्यक्ष सरमान सुब्बा ‘रसिक’, साहित्य सचिव पेम नर्बु शेर्पा ‘ज्याेति’, सदस्य विदुर गुरूङ आदिकाे उपस्थिति रहेकाे थियाे।