‘झिल्के’-काे परिवारलाई श्रद्धाञ्जजलि पत्र अर्पण

IMG-20240717-WA0003

नाम्ची: नाम्ची जिल्ला अन्तर्गत बिकमत-खाेरलाेङकाे कला साहित्य संस्थानले साहित्यकार स्वर्गीय दावा बास्सिभ भाेटिया ‘झिल्के’-काे परिवारलाई भेटेर श्रद्धाञ्जजलि पत्र अर्पण गऱ्यो।

साहित्यकार भाेटियाले नेपाली भाषामा रस्म रेखा र छिटा-बाछिटा नामक दुईवटा कविता संग्रह प्रकाशित गरेका छन् भने हिन्दी भाषामा शबनम र कुछ बुँदे शबनमकी नामक दुईवटा कविता संग्रह प्रकाशित गरेका छन्।

चित्रकलामा पनि उनले रुचि राखेकाे पाइन्छ। उनले भारतीय सिनेमा पनि धेरै वर्ष सेवा पुऱ्याएका थिए। उनकाे निधन गत ६ अगस्तमा भएकाे थियाे। यस अवसरमा साे संस्थानकाे पक्षबाट अध्यक्ष गाेकुल राई, उपाध्यक्ष सरमान सुब्बा ‘रसिक’, साहित्य सचिव पेम नर्बु शेर्पा ‘ज्याेति’, सदस्य विदुर गुरूङ आदिकाे उपस्थिति रहेकाे थियाे।

About Author

Advertisement