रम्फूको खेल मैदानमा आयोजना हुनेछ सातौं जन उनमुक्ति दिवस

IMG-20240717-WA0003

गान्तोक: आगामी १० अगस्तमा पालन गरिने सातौं जन उनमुक्ति दिवसको तयारी हाल युद्धस्तरमा चलिरहेको छ। रम्फूको खेल मैदानमा आयोजना हुने उक्त कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहने विधायक सञ्जीत खरेलले जानकारी गराए।

आज रम्फूको कार्यक्रम स्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै विधायक खरेलले सो कार्यक्रममा एक लाखभन्दा अधिक मानिसहरूको जमघट हुन सक्ने सम्भावना व्यक्त गरे। उनले अघि भने, राज्यका वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङलाई तत्कालिन तानाशाही सरकारले विभिन्न आरोप लगाउँदै मुद्दा दर्ता गरेपछि एक वर्षको कारावास पठाएको थियो। वर्ष २०१७ मा मुख्यमन्त्रीले आत्मसम्पर्ण गरेपछि रोङ्गे जेल पठाइयो। उनले एक वर्ष कारावासमा बिताएपछि १० अगस्त, २०१८ मा उनी जेलमुक्त बनेका थिए। उनी जेलबाट बाहिर आउॅंदा हजारौं मानिसहरू उनलाई स्वागत जनाउनको निम्ति सिङतामदेखि गान्तोकसम्म भेला भएको विधायक खरेलले पत्रकारहरूलाई अवगत गराए।

यसरी उनमात्र त्यस दिन तानाशाही सरकारबाट मुक्त नभएर राज्यका जनता नै मुक्त भएको हुनाले यस दिनलाई एसकेएम पार्टी सरकारमा आएपछि जन उनमुक्ति दिवसकोरूपमा पालन गर्दै आइरहेको उनले जानकारी गराए। यस वर्षको जन उनमुक्ति दिवस पहिलाको भन्दा फरक प्रकारले मनाउने पार्टीले निर्णय गरेको हुनाले सोही प्रकारले तयारी पनि चलिरहेको उनले अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement