गान्तोक: सिक्किमका पूर्व मुख्यमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टी अध्यक्ष पवन चामलिङले पश्चिम बंगालका सातौं मुख्यमन्त्री तथा वरिष्ठ कम्युनिष्ट राजनीतिज्ञ बुद्धदेव भट्टाचार्यको निधनमा शोक प्रकट गरेका छन्। एसडीएफ पार्टी कार्यालयबाट जारी एक प्रेस बयानमार्फत चामलिङले दिवंगत कम्युननिष्टप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। चामलिङले, पूर्व मुख्यमन्त्री भट्टचार्यको आकस्मिक निधनको खबर सुनेर अत्यन्तै दुःखी भएको बताएका छन्। उनले भट्टचार्यलाई भारतीय मार्क्सवादी कम्युनिष्ट पार्टीको पोलिटब्यूरो सदस्य थिए भनी उल्लेख गर्दै भट्टचार्यको राजनीतिक कार्यले पश्चिम बंगालमा मात्र नभएर देशमै अमेट छाप छोड्न सफल भएको जनाएका छन्। उनले २०११ सम्म ज्योति बसुको उत्तराधिकारी भएर पश्चिम बंगाल राज्यको अन्तिम मार्क्सवादी मुख्यमन्त्रीको रूपमा सेवा पुऱ्याएको स्मरण पनि गराएका छन्। उल्लेख्य, लामो समयदेखि अब्सट्रेक्टिभ पल्मोनरी डिजिजसँग लडिरहेका वरिष्ठ नेता भट्टचार्यको आज बिहान आफ्नो निजी निवासमा निधन भएको हो। पूर्व मुख्यमन्त्री पवन चामलिङले दिवंगत दिवंगत पूर्व मुख्यमन्त्रीको चिरशान्तिको कामना गर्दै भट्टचार्य परिवारजनमा सम्वेदना प्रकट गरेका छन्।