गेजिङमा चालकहरूले गरे सडक मरम्मत अनि सफाई

IMG-20240808-WA0261

गेजिङ: गेजिङ लाेकल ट्याक्सी चालक संगठनले आज गेजिङदेखि लिङचाेम जाने सडक मार्गकाे मरम्मती अनि सरसफाईको कार्य गरेकाे छ। जीर्ण अवस्थामा रहेकाे उक्त सडक मार्गलाई संगठनका लगभग २०० अधिक सदस्यहरूद्वारा सडकको भित्तामा फुलका बिरुवा राेप्ने कार्यसँगै सडक मरम्मत गरेका हुन्। गेजिङको वाहन चालक संगठनले स्थानीय सडकमा सफाइ कार्यक्रम सम्पन्न गरेको हो। संगठनले सामुदायिक जिम्मेवारीलाई ध्यानमा राख्दै यो कार्यक्रम आयोजना गरेको थियो। बिहानैदेखि शुरु भएको यो सफाइ अभियानमा चालकहरूले सक्रिय सहभागिता जनाएका थिए। उनीहरूले सडकका नाली, खाल्डा र दुई छेउमा जम्मा भएको फोहोर, प्लास्टिक अनि अन्य अनावश्यक सामग्रीहरूको व्यवस्थापन गरेका छन्। यस अभियानको उद्देश्य भनेको सवारी साधनको सुरक्षित र सुगम आवागमन सुनिश्चित गर्नु थियो। संगठनका अध्यक्षले सफाइ कार्यक्रमपछि सहरको सफाइमा योगदान पुर्‍याउनु प्रत्येक नागरिकको कर्तव्य भएको उल्लेख गरे। उनले यस्तो प्रकारको अभियानले केवल सडकको सफाइ मात्र नभई, जनचेतना अभिवृद्धिमा पनि मद्दत गर्ने बताए। कार्यक्रमपछि सहभागीहरूले आगामी दिनमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन्। स्थानीयवासीहरूले पनि यस अभियानको सराहना गर्दै संगठनलाई धन्यवाद दिएका छन्। यस प्रकारका सफाइ अभियानले समुदायमा सकारात्मक सन्देश पुर्‍याउने विश्वास गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement