मेजर जेनरल केएस धतवालको मुख्यमन्त्रीसँग भेट

IMG-20240808-WA0262

गान्तोक: २७ माउन्टेन डिभिजनका जनरल अफिसर कमान्डिङ मेजर जेनरल केएस धतवालले आज मिन्तोगाङ पुगेर मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरे। भेटको क्रममा मेजर जनरल केएस धटवालले उत्तर जिल्लाको सीमानामा सेनाद्वारा गरिएको विभिन्न गतिविधिबारे मुख्यमन्त्री तामाङलाई जानकारी गराए। यस अवसरमा उनले नदीको किनारमा माटोको क्षय भइरहेको र यसलाई नियन्त्रण गर्न सेनाद्वारा शुरू गरिएको विभिन्न पहलबारे मुख्यमन्त्रीलाई अवगत गराए। यसका साथै उनले महत्त्वपूर्ण क्षेत्रहरूको पहिचान र नदी प्रशिक्षण प्रयासहरूमा मुख्य सचिवसँग समन्वय गर्न प्रयास गरिरहेको बताए। उनले उत्तर सिक्किमका झीलहरूको स्थितिबारे जानकारी गराउँदै पानीको स्तरमा कुनै पनि परिवर्तनहरू पत्ता लगाउन नियमित निगरानीको महत्त्वलाई जोड दिए। मुख्यमन्त्रीले यी अत्यावश्यक प्रयासमा सेनालाई राज्य सरकारको अटुट साथ र सहयोग रहने विश्वास दिलाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement