हर्ली मेमोरियल कपः सेमिफाइनलमा पुग्न सफल भयो दार्जीलिङ पुलिस

photocollage_202488195036436

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०७औं संस्करणमा दार्जीलिङ पुलिसले सेमिफाइनलमा स्थान बनायो। लेबोंग स्थित गोर्खा स्टेडियममा बिहीवार खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा दार्जीलिङ पुलिसले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रशान्त (भाइचुङ) राईले १३औं र ५९औं मिनटमा गोल गरे। टुर्नामेण्टमा जम्मा १७ वटा टीमलाई प्रवेश दिइएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ११ र १२ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement