बिन्नाबाड़ी तृणमूल काङ्ग्रेसद्वारा बोर्ड गठन तर

IMG_20220817_201142.png

बोर्डाका प्रधान भाजपाका अनि उप-प्रधान तृणमूलबाट

सिलगढी: बोर्डका गठन तृणमूल काङ्ग्रेस गरे तापनि प्रधान भाजपाको अनि उप प्रधान तृणमूल काङ्ग्रेसबाट बनेको छ। सुन्दा अच्चमै लागे तापनि, यो कुरा सोह्रै आना सत्य हो। सिलगढी महकुमा परिषद अन्तर्गत खोरीबारी बिनाबाड़ीको बोर्ड गठनले इतिहास कायम गरेको छ। घटनाक्रम अनुसार, बिन्नाबाड़ी ग्राम पञ्चायतको १३ आसनमध्ये तृणमूलले ९ आसनमा अनि भाजपाले ४ आसनमा जीत हासिल गरेको थियो। तृणमूल काङ्ग्रेस बहुमत हासिल गरे तापनि प्रधान पदको लागि अनुसूचित जनजातिको आरक्षणले गर्दा सत्ताधारी दलसित कुनै उम्मेदवार नभए पछि यसो गर्न वाध्य बनेको छ। गत २५ जुलाईको दिन बोर्ड गठन गरिने भए तापनि त्यस दिन तृणमूलका विजयी पञ्चायतहरू उपस्थित नभए पछि बोर्ड गठन प्रक्रिया हुन सकेन। यसपछि आज व्यापक सुरक्षा व्यवस्था बीच १४४ धारा लागू गरेर बोर्डको गठन गर्दा भाजपा का अलाकसू लाकड़ा प्रधान निर्वाचित भए भने तृणमूलका प्रमोद प्रसादलाई उपप्रधान चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *