राज्य पुरस्कार पुरस्कारका लागि छनौट भएका विद्यार्थीहरूलाई सम्मान

IMG-20240808-WA0230

मिरिक: राज्य पुरस्कारका लागि छनौट हुन सफल मिरिक डन बस्को स्कूलको स्काउट एण्ड गाइड्सका १२ जना विद्यार्थीहरूलाई आज स्कूलको प्रेक्षागृहमा एक कार्यक्रमबीच सम्मान जनाइयो। सह शिक्षक मृणाल राईले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरूसँगै उनीहरूका माता पितालाई पनि सम्मान जनाइयो। जसमध्ये स्काउटबाट अन्स तामाङ, अन्सु राई, रिगदेन लामा, प्रतिक छेत्री, कुन्ज्यो तामाङ अनि अभिषेक तामाङ रहेका छन् भने गाईडसबाट आरूषी भुजेल, सृष्टि पुन, तान्वी खडका, कृष्टि गुरूङ, सुवानी राई अनि नयुमा राई रहेका छन्। उनीहरूलाई स्कूलका प्रधान अध्यापक फादर सलमोन राई , सह प्रधान अध्यापक फादर पिटर लेप्चा अनि फादर जेकब टेटेले खदा पहिराएर सम्मान जनाएका छन्। यसैबीच स्काउट एण्ड गाइड्सका प्रशिक्षकद्वय सचिन छेत्री अनि सुमत गुरूङ साथै अन्य शिक्षक अनि शिक्षिकाहरू सन्ध्या गुरूङ, ईभा राई, अनिमा लाक्रा, अनुश्री प्रधान, मृणाल राई अनि सुचित्र राईलाई पनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाउने कार्य गरियो। कार्यक्रमपछि स्कूलका प्रधान अध्यापक फादर सलोमनले यस वर्ष पश्चिम बंगाल राज्य पुरस्कारका लागि छनौट भएका सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिएका छन्। उनले स्कूलमा विद्यार्थीहरूलाई पाठ्य पुस्तकको ज्ञानबाहेक अन्य विभिन्न शिक्षामूलक कार्यहरूमा पनि सामेल गराइरहेको जसमध्ये स्काउट एण्ड गाइड्स एउटा रहेको बताए। उनले गत वर्ष दसजना विद्यार्थीहरूले यो पुरस्कार प्राप्त गर्न सकेको बताए। यसरी नै अभिभावकहरूले पनि आफ्ना छोरा छोरीहरूको सफलता प्रति खुशी व्यक्त गर्दै स्कूल परिवारप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement