खरसाङमा स्वतन्त्रता दिवस नक आउट फुटबल टुर्नामेन्ट शुरु

photocollage_202488191614704

पहिलो दिनको खेलमा सन्त अल्फन्सेस र युनाईटेड ब्रदर्स रोहिणी बिजयी

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खूलकूद संघ अनि ७८औँ स्वतन्त्रता दिवस समारोह समितिको संयुक्त आयोजनामा आजदेखि खरसाङको भिक्टोरिया खेल मैदानमा स्वतन्त्रता दिवस नक् आउट फुटबल प्रतियोगिता शुरु भएको छ। आज भएको उदघाटन खेल अन्तर्गत दुईवटा खेलहरू सम्पन्न भयो। प्रथम खेलमा युनाइटेड दिलाराम एफसी र सन्त अलफन्सस उच्चत्तर माध्यमिक विद्यालयमाझ सम्पन्न भयो जसमा सन्त अलफन्सस उच्चत्तर माध्यमिक विद्यालयले पेनल्टी शुटआउटमा विजयी हाँसिल गरेको छ। यस खेलमा पहिलो हाफमा दिलाराम एफसी दुई शून्यले अघि रहेको थियो भने दोस्रो हाफमा सन्त अलफन्सस स्कूलले खेललाई बराबरीमा ल्याएका थिए। अन्त्यमा खेल पेनल्टी सुटआउटद्वारा निर्णय गरियो। जसमा दिलारामले हिर्काएको पाँच पेनाल्टीमा केवल दुई गोल मात्र गर्न सक्षम भए भने सन्त अलफन्सस स्कूलले आफ्नो पाँच पेनल्टीमा तीन गोल गरी विजयी बनेको छ। यसै दिनको दोस्रो खेल युनाइटेड ब्रदर्स रोहिणी र नयाँ बजार एफसीमाझ सम्पन्न भयो। यस दोस्रो खेलको निर्णय पनि पेनल्टी सुट आउटद्वारा नै गरियो जसमा युनाइटेड ब्रदर्स रोहिणी विजयी बनेको छ। यस स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्ट अन्तर्गत जम्मा १० वटा फुटबल दलहरूले सहभागिता जनाएका छन्। यस टुर्नामेन्टको सेमी फाइनल खेल आगामी १२ अगस्तको दिन अनि फाइनल खेल १५ अगस्त स्वतन्त्रता दिवसको दिन सम्पन्न हुने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement