झापा: खानेपानीको शुल्क वृद्धि बिरूद्ध आन्दोलनमा उत्रिएका १० दल र उनीहरुका बिद्यार्थीहरू संगठनका प्रतिनिधिहरु माथि धरपकड भएको भन्दै धरानको अबस्था तनावग्रस्त बनेको छ।
मेयर हर्क साम्पाङले माफि माग्नुपर्ने, राजीनामा दिनपर्ने लगायतका अडान राख्दै उनीहरुले नाराबाजी गरिरहेका छन्।

केही ब्यत्तिहरुले खानेपानी कार्यलयको गेटमाथि चढेर बोर्ड तोडफोड गरेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको पैहरीले बताएको छ। खानेपानी महसुल वृद्धि बिरूद्ध धरानमा १० राजनैतीक दलहरू चरणवद्ध आन्दोलनमा उत्रिएका छन्।