१२ लिन्दोक नाम्फोङ स्पोर्टिङ क्लबको कार्य सराहनीय छः ताराचन्द लोहागण

91478e1f-c8da-4172-9e09-21acafffdaad

गान्तोक (सिक्किम): भारतको ७७औँ स्वाधिनता दिवसको अवसरमा लिन्दोक नाम्फोङ स्पोर्टिङ क्लबले आयोजन गरेको लात्ते भकुण्डो प्रतियोगिता भव्यताको साथमा आयोजन भइरहेको छ। यसैअवसरमा ७ अगस्तको दिन आयोजित खेलमा युवाहरूलाई प्रोत्साहन प्रदान गर्न समाजसेवी ताराचन्द लोहागुण मुख्य अतिथिको रूपमा उपस्थित थिए।

उनले स्थानीय नाम्फोङ स्पोर्टिङ क्लबले गाउँको युवाहरूलाई खेलकूदमा सहभागी बनाउन गरेको महत्वपूर्ण पहलको निम्ति आयोजक समितिलाई बधाई दिए। उनले आफ्नो उपस्थितिमा फुटबल प्रतियोगिता आयोजन गरिदिएकोमा आभार प्रकट गर्दा आफ्नो तर्फबाट युवाहरूलाई प्रोत्साहित गर्ने दिशामा सधैँ लागी पर्ने बताए। यसैगरि उनले यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने अनि युवाहरूलाई खोलकूदको माध्यमबाट समाज निर्माणमा लागिपर्न प्रोत्साहित गरिहनुपर्ने बताए। उनले आफ्नो पक्षबाट आवश्यक सहयोग र साथ दिन तत्पर रहेको बताउँदै आयोजक समितिलाई बधाई दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement