मकैबारी चियाबारीको कैलापानीमा गएको पैह्रोले छवटा घरहरू प्रभावित

IMG-20240808-WA0210

खरसाङ: खरसाङ खण्ड अन्तर्गत मकैबारी चिया बगानको कैलापानी गाउँमा आज बिहान पैह्रो गएको छ। उक्त पैह्रो यहाँको मानबीर छेत्रीको घरमाथिबाट गएको छ भने उक्त पैह्रोले यहाँका प्रायः पाँच-छहः वटा घरलाई नै पूर्ण रूपले प्रभावित पारेको छ। यस पैह्रोको नजिकमा पनि पैह्रो जाने प्रबल सम्भावनाले स्थानीय मानिसहरूलाई भयभीत पारेको छ। विशेषगरी यस पैह्रोले मानबीर छेत्री, सार्के छेत्री, सुवास छेत्री, देउकी छेत्री, धन बहादुर राई लगायत वरिपरीका घरहरूलाई धेरै क्षति गर्ने सम्भावना देखिएको छ। पैह्रो माथिबाट अझ सोहोरिएर आए यी घरहरूलाई धेरै खतरा हुने देखिएकोले उनीहरू चिन्तित छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement