खरसाङ: खरसाङ नगरपालिकाकद्वारा गरेको विभिन्न विकासमूलक कार्यहरू के कस्तो थियो र त्यसको विस्तृत जानकारी मागेर खरसाङको वार्ड नम्बर चार, डुमाराम बस्ती निवासी सचेत युवा रामकृष्ण शर्माले जनताको पक्षबाट मागेको आरटीआईको जवाब सठीक रूपमा नआएको र खरसाङ नगरपालिकाले दिएको आरटीआईको जवाबसित सन्तुष्ट नरहेको बताएका छन्। खरसाङ नगरपालिकाको वार्ड नम्बर चार निवासी घनश्याम शर्माको सुपुत्र रामकृष्ण शर्माले खरसाङमा आज एक पत्रकार सम्मेलन बोलाएर खरसाङ नगरपालिकाको पक्षबाट आरटीआईको सही र सन्तुष्टपूर्ण जवाब नदिएको आरोप लगाएका छन्। रामकृष्ण शर्माले पत्रकारहरूसित कुराकानी गर्दै आफुले गत २८ मई २०२४ मा नगरपालिकालाई पत्रचार गरेर विवरण मागेको तर ४० दिनपछि विवरण दिन नमानेपछि गत १० जुलाई २०२४ मा आरटीआई गरेको र उक्त आरटीआईको जवाब २५ दिनपछि गत ६ अगस्तको दिन प्राप्त गरेको बताएका छन्। उनले आरटीआईको जवाब त आयो तर सन्तोषजनक नरहेको अनि एकदमै खेलाँची गरेर मागिएको कुनै पनि विषयमा विस्तृतमा विवरण नभएको बताउँदै सायद आरटीआईमा मांग गरिएको विवरण नबुझेको हो कि भन्दै यसलाई पुन: नेपाली भाषामा पनि अनुवाद गरेर नेपाली र अंग्रेजी दुवै भाषाहरूमा पुन: पठाउने जानकारी गराएका छन्। उनले आफ्नो आरटीआईको सही विस्तृत जवाब नआएको कारणले गर्दा आफ्नो कानुनी टिमसित सल्लाह लिएर अघिल्लो कदम चाल्ने बताएका छन्। शर्माले आफ्नो आरटीआईमा खरसाङ नगरपालिकाद्वारा गरिएको विकासका कार्यहरू अनि विभिन्न योजनाहरू कहिले, कसरी र कस्तो प्रकारले भयो अनि कसले के कति पाए भन्ने विषयमा विवरण मागेका थिए। उनले खरसाङ नगरपालिका अन्तर्गत प्रधानमन्त्री आवास योजनाक विवरण, स्वेरेज प्रणाली, नगरपालिकाद्वारा कसलाई दोकानहरू प्रदान गरियो, कोविड फण्डको जानकारी साथै नगरपालिकाको संसाधनहरूैके कति रहेको र यसको कस्तो प्रकारले प्रयोग भईरहेको छ भन्ने विषयहरूमा जानकारी मांग गर्दै आईटीआई गरेका थिए। आईटीआईमा मांग गरिएको सबै विषयहरू अपुरा र खेलाँची गरेर विस्तृत विवरणबिना नै पठाएको आरोप लगाएका छन्। शर्माले विगत २०१५ देखि २०२० सालको अवधिमा खरसाङमा नगरपालिका क्षेत्रमा कतिवटा प्रधानमन्त्री आवास योजनाको घरहरू बनियो भनेर विवरण मागेका थिए जसको जवाबमा नगरपालिकाले दिएको जवाबमा २०१५ देखि २०२० सम्ममा नगरपालिका क्षेत्रमा ११६४ वटा घरहरू बनिनु पर्ने तर यसमा ३३८ वटा मात्र बनिसकेको र ८२६ वटा घरहरू निर्माणाधीन अवस्थामा रहेको अनि २०२१-२०२२ को फण्ड प्राप्त नभएको आएको विवरण रहेको बताएका छन्। यसको अर्थ अस्सी प्रतिशत घरहरू अझैं निर्माणाधीन अवस्थामा रहेको जवाबमा पठाएको बताएका छन्। उनले यो सबै खरसाङको जनताको लागि बोलेको र जनताको लागि खोज्ने काम गरेको पनि बताएका छन्। रामकृष्ण शर्माले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै भने, ‘खरसाङ नगरपालिकाद्वारा अवैध दोकानहरू भत्काउने कार्य गरेको हेर्दा नगरपालिका दह्रिलो रैछ भनेको त तर होइन रैछ कारण एउटा आरटीआईको जवाब त राम्रोसितले दिएको छैन। त्यो दह्रिलोपना आरटीआईको जवाबमा कतै पनि देखिएन।’
उनले खरसाङ नगरपालिकाले खरसाङ बजारमा अवैध दोकानहरू भत्काउने कार्य गरिएको विषयमा प्रतिक्रिया दिन्दै यो कार्य ठीकै हो तर यस्तो बजारमा मात्र होइन बरू वार्ड नम्बर १ देखि २० नम्बर वार्डसम्म नै सुता लगाएर नै तोड्ने कार्य गरेको हुनुपर्छ भनी मांग गरेका छन्। उनले अहिले तोडिएको अवैध दोकानहरू फेरि बनिनु हुँदैन अनि सानादेखि ठूलो सबैको तोडिएको हुनुपर्छ भनी बताएका छन्।