सिलगढी: सिलगढीका विधायक तथा वाम मोर्चाबाट आफ्नो राजनीति शुरु गर्ने वर्तमान भाजपा नेता शंकर घोषले आज दिग्गज वाम मोर्चा नेता र पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधनमा गहिरो शोक व्यक्त गरे। उनले वाम मोर्चाबाट राजनीतिक शुरु गरेको र बुद्धदेव भट्टाचार्य सधैं आफ्नो आदर्श भएको बताए। ‘उहाँले जे भन्थे, त्यसलाई हामीले राजनीतिक जीवनमा समाहित गर्ने प्रयास गर्यौँ। उनको सम्पूर्ण जीवन आदर्शले भरिएको थियो। उनी सधैं मेरो सम्झनामा रहनेछन्। नेताले के भन्छ? यो भन्दा महत्वपूर्ण कुरा उनको जीवनशैली र आदर्श हो। उनले आफ्नो सम्पूर्ण जीवन जनताका लागि समर्पण गरेका थिए। यस दिग्गज नेताको निधनले बंगालको राजनीतिमा ठूलो रिक्तता सिर्जना गरेको छ, जुन कहिल्यै भरिने छैन’, उनले भने।









