सिलगढी: सिलगढीका मेयर तथा पूर्व विधायक गौतम देवले पश्चिम बंगालका पूर्व मुख्यमन्त्री तथा दिग्गज वामपन्थी नेता बुद्धदेव भट्टाचार्यको निधनमा शोक व्यक्त गरेका छन्। पूर्वमुख्यमन्त्रीको निधनमा आज उनले बुद्धदेव भट्टाचार्यको जीवन आदर्शले भरिपूर्ण रहेको र नयाँ पुस्ता विशेषगरी राजनीतिसँग आवद्ध भएकाले उनीबाट प्रेरणा लिइरहने बताए। उनले बुद्धदेव भट्टाचार्य सधैं आदर्शवादी व्यक्तित्व भएको बताउँदै आफ्नो जीवन आदर्शका साथ बिताएको बताए। ‘यसकारण उनको निधनले सिंगो बंगाल शोकमा छ, उनको आत्माले शान्ति पाओस्’, उनले भने।









