सीरीज हार्नुको अर्थ दुनियाँको अन्त होइनः रोहित शर्मा

IMG-20240808-WA0157

कोलम्बो: रोहित शर्माले बुधवार राति तेस्रो वनडेमा ११० रनले हारको साथै श्रीलंकाविरुद्ध २७ सालमा पहिलोपल्ट द्विपक्षीय वनडे सीरीज गुमाएपछि भारतीय ब्याटरहरूसँग स्पिन बलिंगविरुद्ध आफ्नो व्यक्तिगत योजनाहरूमाथि गम्भीरतापूर्वक विचार गर्ने आग्रह गरे। म्याचमा श्रीलंकाले दिएको २४९ रनको लक्ष्यलाई पछ्याउँदै भारतीय टीम २६.१ ओभरमा १३८ रन बनाएर अलआउट भयो। म्याचमा श्रीलंकाई स्पिनरहरूले जम्मा ९ विकेट हासिल गरे। स्पिन आक्रमणविरुद्ध भारतको संघर्षबारे प्रश्न गरिँदा भारतीय कप्तान रोहितले भने, मेरो विचारमा यो चिन्ताको विषय त होइन तर यो यस्तो कुरा हो जसलाई हामीले गम्भीरतापूर्वक लिनु पर्नेछ। हामीले आफ्नो व्यक्तिगत खेल योजनाहरूमाथि ध्यान दिनु पर्नेछ। यसलाई (स्पिन आक्रमण)-लाई लिएर हामी निश्चित रूपले यस सीरीजमा दबाउमा थियौं। रोहितको भनाइअनुसार, एउटा सीरीज हार्नुको अर्थ दुनियाँको अन्त होइन तर २०२३ वर्ल्ड कपको फाइनलमा स्थान बनाउने टीमलाई यस सीरीजले सोच्नको निम्ति धेरै कुरा दिएको छ। उनले भने, सीरीज हार्नुको अर्थ दुनियाँको अन्त होइन। यी खेलाड़ीहरूले गत केही सालदेखि लगातार असल खेलिरहेका छन्। यसबाहेक केही सीरीज हारिन्छ पनि। हामीले सीरीज गुमाइसकेका छौं तर यस सीरीजबाट हामीले धेरै शिक्षा पायौं। भविष्यमा यस्तै परिस्थितिहरूमा खेल्न परे के गर्नु पर्नेछ भन्ने विषयमा हामीले विशेष ध्यान दिनु पर्नेछ। उल्लेखनीय छ, यसअघि खेलिएको टी२० सीरीजमा भारतले श्रीलंकालाई ३-०-ले पिटेको थियो। यसबारे रोहितले भने, हामीले पूरा सीरीजमा असल क्रिकेट खेलेनौ। यसैकारण हामी यहाँ उभिएका छौं। यस सीरीजबाट केही सकारात्मक कुराहरू अघि आयो अनि हामी सकारात्मक सोचको साथ अघि बढ़्नेछौ।

About Author

Advertisement