कुश्तीबाट सन्न्यासको घोषणा गरिन् पहलवान विनेश फोगाटले

IMG-20240808-WA0138

पेरिस: भारतकी दिग्गज महिला पहलवान विनेश फोगाटले बिहीवार खेलबाट सन्न्यासको घोषणा गरिन्। यसको एक दिन अघि उनलाई पेरिस ओलम्पिकमा महिलाहरूकी ५० किग्रा फ्रीस्टाइल कुश्ती स्पर्धाको फाइनलको निम्ति अयोग्य घोषित गरिएको थियो। विनेशले १०० ग्राम अधिक ओजनले गर्दा कुश्ती खेलमा ओलम्पिक स्वर्ण पदक जित्ने पहिलो भारतीय बन्ने मौका गुमाएकी थिइन्। ओजन घटाउन पूरा रात कठोर मेहनत गर्दा पनि १०० ग्राम ओजन अधिक आउँदा उनलाई डिस्क्वालीफाई गरिएको थियो। यसरी इतिहास रच्ने नजिक पुगेर पनि दुर्भाग्यजनक तरिकाले बाहिर हुँदा निराश विनेशले सोशल मीडियाको माध्यमले सन्न्यासको घोषणा गरेकी छन्। उनले एक्स-मा लेखेकी छन्, आमा कुश्ती मसँग जित्यो अनि म हारे। मलाई माफ गर्नुहोला। तपाईंको सपना र मेरो हिम्मत दुवै चकनाचूर भयो। अब मसँग ताकत छैन। अलविदा कुश्ती २००१-२०२४। उल्लेखनीय छ, विनेशले सेमिफाइनलमा क्यूबाकी पहलवानलाई सजिलैसँग ५-०-ले पराजित गरी फाइनलमा स्थान बनाएकी थिइन्। यसरी उनी ओलम्पिक फाइनलको निम्ति क्वालीफाई गर्ने पहिलो भारतीय महिला पहलवान बनेकी थिइन्। त्यसपछि केवल १०० ग्राम अधिक ओजनले गर्दा उनलाई फाइनलको निम्ति डिस्क्वालीफाई गरिएको थियो। विनेशले पछिबाट रजत पदकको निम्ति कोर्ट अव् एब्रीटेशन फर स्पोर्ट्स (सीएएस)-मा अपील गरेकी थिइन्।
विनेश फोगाटको नाम देशका शीर्ष महिला पहलवानहरूमा आउँछ। उनको जन्म २५ अगस्त १९९४-मा हरियाणाको भिवानी जिल्लाको बलाली गाउँमा पहलवानहरूको परिवारमा भएको थियो। यसैकारण विनेशले पनि कुश्तीलाई करियर बनाउने फसेला गरेकी थिइन्। उनले आफ्नो काका महावीर सिंह फोगाटबाट कुश्तीको ट्रेनिंग लिएकी थिइन्, जो गीता अनि बबिता फोगाटकी पिता हुन्। विनेशले रियो ओलम्पिक २०१६-मा महिलाहरूकी ४८ किग्रा फ्रीस्टाइल श्रेणीमा ओलम्पिक पदार्पण गरेकी थिइन् तर घुँड़ाको चोटले गर्दा उनी क्वार्टर फाइनलबाट हट्न वाध्य भएकी थिइन्। त्यसपछि उनले टोक्यो ओलम्पिक २०२०-को निम्ति पनि क्वालीफाई गरेकी थिइन् तर क्वार्टर फाइनलमा हारेकी थिइन्। विनेशको देशको निम्ति ओलम्पिक छोड़ेर अन्य सबै प्रमुख प्रतियोगिताहरूमा पदक जितेकी छन्। उनी कमनवेल्थ र एशियन गेम्समा स्वर्ण पदक जित्ने पहिलो भारतीय महिला पहलवान थिइन्। यसरी उनी जापानकी युई सुसाकीलाई पराजित गर्ने विश्वकी पहिलो पहलवान पनि हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement