सिलगढ़ी सिटी एफसी सेमिफाइनलमा

IMG-20240808-WA0121

सेवोक: नेताजी युथ क्लब (एन.वाई.सी.), सेवोकको तत्त्वावधानमा आयोजित ७८औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ी सिटी फूटबल क्लबले सेमिफाइनलमा स्थान बनायो। सेवोक प्राइमरी स्कूल मैदानमा बुधवार खेलिएको क्वार्टर फाइनल म्याचमा सिलगढ़ी सिटी एफसी-ले ३/९ गोर्खा राइफल्सलाई ५-३-ले पराजित गऱ्यो। विजेता टीमका प्रियांशु राईलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा १४ वटा शीर्ष टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ। यसबाहेक फाइनल १५ अगस्तको दिन खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा देश लामाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement