विनेश षढ़यन्त्रको शिकार बनेको आशंका व्यक्त गरे बक्सर विजेन्दरले

IMG-20240807-WA0244

पेरिस: इतिहास रच्ने संघारमा रहेकी भारतीय पहलवान विनेश फोगाटलाई महिलाहरूकी ५० किग्रा वर्गको फाइनलको ठीक अघि अयोग्य घोषित गरिएपछि भारतीय खेल जगतमा खलबली मचिएको छ। यसै क्रममा ओलम्पिकमा पदक जित्ने एकमात्र भारतीय बक्सर विजेन्दर सिंहले विनेशलाई डिस्क्वालीफाई गरिनु पछि कुनै षढ़यन्त्र हुन सक्ने आशंका व्यक्त गरेका छन्। विजेन्दरको भनाइअनुसार, विनेश जस्ता एथलीटलाई ठूलो टुर्नामेण्टहरू अघि आफ्नो ओजन प्रबन्धन गर्ने तरिका राम्ररी थाहा हुन्छ। उनले भने, यो षढ़यन्त्र हुनसक्छ। १०० ग्राम ओजन अधिक हुनु, यो के ठट्टा हो ? हामी एकजना खेलाड़ीको ओजन एक रातमा ५-देखि ६ किलोसम्म घटाउन सक्छौं। भोक र तिर्खालाई कसरी नियन्त्रणमा राख्नु पर्छ भन्ने हामीलाई थाहा हुन्छ। मानिसहरू खेल जगतमा भारतको बढ्दो धाक देखेर खुशी छैनन्। यसैकारण यो षढ़यन्त्र हुनसक्छ। विनेशले धेरै कुरा सहेकी छन् अनि उनको निम्ति मलाई दुःख लागिरहेको छ। ओलम्पिकको निम्ति एकजना एथलीटले कठोर मेहनत गरेका हुन्छन् अनि अन्तमा यस्तो हुनु साँच्चै दुःखद कुरा हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement