गान्तोक: सोरेङ पुलिसले एक व्यक्तिलाई ब्राउन शुगर र अन्य प्रतिबन्धित नशालु पदार्थको साथमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्ति दरामदिन निवासी भानु प्रधान(२९) हो। सोरेङ जिल्लाको पुलिस अधीक्षकले प्रेस बयानमा बताए अनुसार, आरोपीको वाहन जॉंचको क्रममा वाहनबाट १२.१६ ग्राम ब्राउन शुगर, ५० वटा स्पास्मो प्रोक्सिवन र १६ वटा एन-१० ट्याबलेट जफत गरियो। पुलिसले आरोपी विरुद्ध साडा र एनडीपीएस अधिनियम अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।
पक्रा पर्ने व्यक्ति लामो समयदेखि पुलिसको निगरानीमा रहेको र अन्तत: पुलिसको पञ्जामा परेको बयानमा बताइएको छ। सोरेङ पुलिस सोरेङ जिल्लालाई नशा मुक्त बनाउन प्रतिबद्ध रहेको बताएको छ। पुलिस अधीक्षकले लागूऔषध विरुद्ध लड़ाईमा नागरिक समाजका प्रत्येक व्यक्तिलाई सक्रियरूपमा सहभागी बन्न आह्वान गरेका छन्।










