राज्यपाल माथुरले दिए टेण्डोङ ल्हो रूम फात पर्वको शुभकामना

photocollage_202487235428609

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले टेण्डोङ ल्हो रूम फात पर्वको शुभ अवसरमा सिक्किमका मानिसहरू, विशेष रूपमा लेप्चा समुदायलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्।

राज्यपालले आफ्नो सन्देशमा भनेका छन्।, लेप्चा समुदायले मनाउने यो पर्व टेण्डोङ पर्वतप्रति उनीहरूको श्रद्धा र सम्मानलाई दर्साउॅंछ। लेप्चा समुदायले यस पर्वलाई धार्मिक अनुष्ठान र प्रार्थनाहरूको माध्यमद्वारा मनाउॅंछन्, जसको माध्यमद्वारा उनीहरू आफ्ना पुर्खाहरूको सुरक्षाको निम्ति टेण्डोङ पर्वतप्रति आभार व्यक्त गर्छन्। यो पर्व धार्मिक महत्वका साथै सामाजिक र सांस्कृतिक जीवनको पनि महत्त्वपूर्ण हिस्सा हो, जसले लेप्चा समुदायको समृद्ध संस्कृति र परम्पराहरूलाई दर्साउॅंछ।

राज्यपालले अघि भनेका छन्, सिक्किमवासी सदैव प्रकृति प्रेमी रहेका छन्। प्रकृतिको उपासना गर्नु मानिसहरूको प्रकृतिप्रति सम्मान र प्रेमलाई दर्साउॅंछ। सरकारको शिशु जन्मिॅंदा १०८ रुख रोप्ने योजना ‘मेरो रुख मेरो सन्तति’ ले यसलाई अझ बल प्रदान गर्छ।

राज्यपालले प्रकृतिप्रति आफ्नो आस्थाहरूलाई अझ बलियो बनाउॅंदै आफ्नो अमूल्य प्राकृतिक सम्पदाको रक्षा र संवर्धनको निम्ति दृढ़ संकल्पित बन्न आह्वान गरेका छन्। यस अवसरले हामीलाई पर्यावरण संरक्षणका साथै भावी पीढीहरूको निम्ति एक समृद्ध र स्थायी भविष्यको दिशामा अगाडि बढ्न प्रेरणा दिन्छ भनी उनले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement