जन उन्मुक्ति दिवसलाई लिएर दिल्ला प्रशासनको तयारी

IMG-20240807-WA0243

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको आगामी जन उन्मुक्ति दिवस कार्यक्रमलाई लिएर पाक्योङ जिल्ला प्रशासनले प्रशासनिक तयारी गरेको छ। जिल्लापाल आगवाने रोहन रमेशको नेतृत्वमा गएको एक टोलीले आज रम्फू गोलीटार ग्राउण्डको निरीक्षण गऱ्यो। टोलीले आगामी १० अगस्तको दिन हुने जन उन्मुक्ति दिवसबारे समीक्षा गरेको थियो। निरीक्षणको क्रममा उनले विभिन्न विभागका अधिकारीसँग भेट गरी कार्यक्रम स्थलको जायजा लिए। साथै पार्किङ क्षेत्र, विद्युत् आपूर्ति, खानेपानी, शौचालय व्यवस्था विषयमा छलफल गरे। जिल्लापालले ट्राफिक व्यवस्थालाई सावधानीपूर्वक व्यवस्थित गर्न सम्बन्धित विभागलाई निर्देश गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement