दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०७औं संस्करणमा कालेबुङको हिमालश्री एथलेटिक क्लबले सेमिफाइनलमा स्थान बनायो। लेबोंग स्थित गोर्खा स्टेडियममा बुधवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा हिमालश्री एथलेटिक क्लबले एसएसबी रानीडांगालाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा हिमालश्री एथलेटिक क्लबबाट एस. छेत्रीले ३०औं मिनटमा गोल गरे। त्यसपछि अजीतले म्याचको अन्तिम समय (९०+४)-मा गोल गरी एसएसबी रानीडांगालाई १-१-को बराबरीमा पुऱ्याए।

टुर्नामेण्टमा जम्मा १७ वटा टीमलाई प्रवेश दिइएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ११ र १२ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ।










