अधिक ओजनले गर्दा फाइनल अघि विनेश फोगाट अयोग्य घोषित

IMG-20240807-WA0232

पेरिस: पेरिस ओलम्पिकमा फ्रीस्टाइल कुश्तीको ५० किग्रा वर्गको फाइनलमा पुग्ने भारतीय महिला पहलवान विनेश फोगाटलाई अयोग्य (डिस्क्वालीफाई) घोषित गरियो। विनेशले ओलम्पिकको फाइनलमा पुग्ने पहिलो भारतीय महिला पहलवान बनेर इतिहास रचेकी थिइन् तर स्वर्ण पदकको निम्ति चुनौती पेश गर्न अघि नै उनको सपना चकनाचूर भयो। भारतीय प्रशिक्षकले भने, बिहान उनको ओजन १०० ग्राम अधिक पाइयो। खेलको नियमहरूले यसको अनुमति दिँदैन अनि उनलाई अयोग्य घोषित गरियो। भारतीय ओलम्पिक समिति (आईओए)-ले पछिबाट यसको पुष्टि गर्दै विनेशको निजताको सम्मान गर्ने अपील गऱ्यो। आईओए-ले भनेको छ, हामीलाई यो खबर दिँदै खेद भइरहेको छ कि विनेश फोगाटलाई महिला कुश्तीको ५० किग्रा वर्गबाट अयोग्य घोषित गरिएको छ। पूरा रात टीमको अथक प्रयासहरूपछि पनि बिहान उनको ओजन ५० किलोग्रामभन्दा अधिक पाइयो। भारतीय टीम तपाईंहरूसँग विनेशको निजताको सम्मान गर्ने अनुरोध गर्दछ। भारतकी २९ वर्षीय पहलवान विनेशले फाइनलमा अमेरिकाकी सारा हिल्डेब्राण्टविरुद्ध खेल्नु थियो तर फाइनलको पूर्व सन्ध्यामा उनको ओजन २ किलोग्राम अधिक थियो। यसबीच सोशल मीडियामा केही तस्वीरहरू अघि आएको छ, जसमा विनेशलाई ओजन घटाउन व्यायाम गरिरहेको देखिएको छ। उनले ओजन घटाउन आफ्नो टीमसँग पूरा रात मेहनत गरिन् । अन्तमा ओजन गरिने समय उनी केवल १०० ग्रामले गर्दा चुकिन्। विनेशले यसअघि रियो ओलम्पिक र टोक्यो ओलम्पिकमा क्वार्टर फाइनलसम्मको यात्रा तय गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement