नेपालमा फेरी दुर्घटना!

wirestory_59ec1032369a35b07e4e2fe767b0687e_16x9_992

नुवाकोटमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

नेपालको नुवाकोटमा हेलिकप्टर दुर्घटना भएको छ। जसमा ५ जनाको मृत्यु भएको छ । रसुवा जाँदै गरेको हेलिकप्टरमा पाँच जना मात्र सवार रहेको बताइएको छ। नुवाकोट जिल्लाको शिवपुरीमा यो हेलिकप्टर दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। जसमा ५ जनाको ज्यान गएको छ।
प्राप्त जानकारी अनुसार बुधबार दिउँसो काठमाडौंबाट रसुवाका लागि हेलिकप्टरले खाना ल्याएको थियो। यसैबीच नुवाकोटको शिवपुरी क्षेत्रमा हेलिकप्टर पहाडमा ठोक्किएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार हेलिकप्टरमा पाँच जना सवार थिए। जसमा तीन जना यात्रु, एक विदेशी नागरिक र पाइलट रहेका थिए। घटनास्थलमा राहत र उद्धार कार्य जारी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement