खरसाङ: तीनधारेको क्रिकेट बजारस्थित शिवालय मन्दिरमा एक महिनाव्यापी सावनको पूजा एंव रुद्री पाठ समापन भएको छ। गत १६ जुलाईदेखि शुरु गरिएको उक्त पूजा गत १६ अगस्तसम्म चलेको थियो। क्रिकेट बजार तीनधारेको ग्राम कल्याण समिति, शिवालय मन्दिर सुधार समिति र श्रीगणेश सहकारी समितिको तत्त्वावधानमा भएको उक्त महिनाव्यापी रुद्री पाठ, हवन, पुनरावती पूजा सम्पन्न भएको छ। यो महिनाव्यपी पूजाको समापन पूजामा पण्डित नगेन्द्र पोख्रेल, प्रेम प्रसाद र फणिन्द्र उपाद्ययको अगुवाईमा पूजा गरिएको छ। एक महिनाव्यापी दैनिक रूपमा पूजा पाठ, रुद्री पाठ र विभिन्न भक्तजनको ग्रह जापको पूजा भएको तीनधारेबाट बिनय छेत्रीले बताएका छन्। उनले बताए अनुसार यो महिनाव्यापी सावनको पूजा विगत २००३ देखि नै तीनधारेको क्रिकेट बजारको शिवालय मन्दिरमा लगातार रूपमा आयोजना भईरहेको छ। यस पूजामा स्थानीय भक्तजनले उपस्थित भएर आफ्नो र परिवारको ग्रह जाप र पूजा पाठ गराएका छिए। उनले यो पूजाको उद्देश्य विश्व शान्ति र वर्तमान समयमा रहेको विभिन्न महामारीबाट मानवलाई रक्षा भएको होस् भनी गरिएको पनि बताएका छन्।