सिलगढी: साढे तीन वर्षीया बालिकालाई यौन उत्पीडन गरेको आरोपमा मतिगढा पुलिसले एक जनालाई पक्राउ गरेको छ। सिलगढी नगरनिगम क्षेत्र एक व्यक्तिले साढे तीन वर्षीया बालिकालाई छोरीसँग खेल्न घरमा बोलाएको थाहा भएको छ। त्यसबेला ती व्यक्तिको घरमा कोही थिएनन्। उनले मौकाको फाइदा उठाउँदै युवतीमाथि यौन उत्पीडन गरेको आरोप छ। बालिकाले घर आएर परिवारलाई सबै कुरा बताएपछि बालिकाका परिवारले मतिगढा पुलिस चौकीमा लिखित उजुरी दिए। उजुरीका आधारमा पुलिस ती व्यक्तिलाई पक्राउ गरेको छ। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो।










