सप्ताहव्यापी स्तनपान दिवसको समापन

IMG-20240807-WA0212

गान्तोक: पाकिम जिल्लाको ग्रामीण योजना र महिला एनि वाल विकास विभागको संयुक्त पहलमा आज विश्व स्तनपान दिवस पाकिम बजारमा समापन भयो। उल्लेखनीय छ,विश्व स्तनपान दिवस प्रत्येक वर्ष १ अगस्तदेखि ७ अगस्तसम्म पालन गरिन्छ। विशेष गरेर स्तनपानलाई बढावा दिने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो। आजको यस समापन कार्यक्रममा पाकिम जिल्लाक अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटिया मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि भोटियाले बालबालिकाको मनोवैज्ञानिक, शारीरिक र सामाजिक कल्याण सुनिश्चित गरी उनीहरूको समग्र विकासको पालनपोषणमा एकीकृत बाल विकास सेवाको महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पारे। उनले बालबालिकाको स्वास्थ्य जाँच, खोप र पौष्टिक खाना लगायतका अत्यावश्यक हेरचाह प्रदान गर्न आंगनवाडी कार्यकर्ताहरूले समर्पित भावनाले गरेको कामको प्रशंसा गरे, जसले गर्दा उनीहरूको समग्र कल्याणमा योगदान पुऱ्याएको जानकारी गराए। यसका साथै उनले बालबालिकाको उत्थानका लागि सबै पक्षबाट सहयोग गर्ने आश्वासन दिए।
त्यसैगरी महिला तथा बाल विकास विभागकी उपनिर्देशक सुश्री गाकिला पेम्फुले महिला बन्ने सङ्क्रमणकालीन उमेर भएकाले किशोरीहरूलाई पोषणयुक्त आहार र सकारात्मक मानसिक स्वास्थ्यको महत्त्वमा जोड दिइन्। उनले स्तनपान गराउने आमा र गर्भवती महिलाका लागि स्तनपानको सही प्रविधिमा जोड दिँदै यो प्रक्रियामा सन्तुलित आहार र आत्म-स्वाहारमा ध्यान दिनुपर्ने विषयमा जानकारी गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement