गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको विशाल हृदयको कारण राज्यकी छोरी पाइलट बन्दा आफ्नो भविष्यलाई उज्जवल बनाउने दिशातर्फ लागिपरेकी छन्।गेजिङ जिल्ला अन्त मेयोङ बस्तीकी चुनु राई हल रेड वर्ड फ्लाइट एकाडेमीमा प्रतिष्ठित व्यवसायिक पाइलटको निम्ति लाइसेन्स कोर्स गरिरहेकोमा मुख्मन्त्री तामाङले खुशी प्रकट गरेका छन्। राईले सिक्किमलाई नै गौरावन्तित तुल्याउने प्रयास गरिरहेको मुख्यमन्त्रीले बताएका छन्। यो उल्लेखनीय उपलब्धि उनको दृढ संकल्प र महिला र प्रतिभाशाली व्यक्तिहरूलाई सशक्तिकरण गर्ने एसकेएम सरकारको प्रतिबद्धताको प्रमाण रहेको बताएका छन्। मुख्यमन्त्रीले उनलाई शुभकामना दिँदै कडा परिश्रम र मेहनत गरेर आफ्नो गणन्तव्यमा पुग्नेछन् भन्ने विश्वास व्यक्त गरेका छन्।










