एमएलए च्यालेञ्ज कपःपैयोंग फूटबल क्लब क्वार्टर फाइनलमा

IMG-20240807-WA0224

मल्ली: आईडीसीसी कमिटी १२- मल्ली कन्स्टीट्यूएन्सी-को आयोजनमा ७८औं स्वतन्त्रता दिवसको अवसरमा जारी प्रतिष्ठित एमएलए च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार प्री-क्वार्टर फाइनल म्याच खेलियो। मल्ली डाँड़ा खेल मैदानमा आज भएको म्याचमा पैयोंग फूटबल क्लबले सिलगढ़ी युनाइटेड फूटबल क्लबलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमका गोलकीपर लेण्डुप लेप्चालाई प्लेयर अव् द म्याच चयन गरियो। आजको म्याचमा मुख्य अतिथिको रूपमा कर्णल विजय बस्नेत (सचिव, राज्य सैनिक बोर्ड सिक्किम) उपस्थित थिए। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ। यसरी १३ अगस्तमा म्याराथन दौड़ अनि अण्डर-१४ इण्टर स्कूल फूटबल टुर्नामेण्टको फाइनलसहित अन्य कार्यक्रमहरू रहनेछ। यस प्रतिष्ठित नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ। यसरी अण्डर-१४ टुर्नामेण्टमा ईएमआरएस-ले काराबारी जूनियर हाई स्कूललाई १-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement